नेभिगेशन
युरोप

जर्मनीमा मनाइयो नेपाल दिवस 

जर्मनीको फ्र्यांकफर्टमा ११ औं नेपाल डे कार्यक्रम सम्पन्न भएको छ। 'नेपाल केवल लोकसंस्कृति मात्र होइनस् संस्कृति, समुदाय र प्रतिबद्धता' भन्ने नारा सहित नेपाली समाज जर्मनीको आयोजनामा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली, स्थानीय बासिन्दा र अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता थियो।

कार्यक्रममा संगीत, नृत्य, नेपाली परिकार र संवादमार्फत नेपालको सांस्कृतिक विविधता प्रस्तुत गरिएको थियो। आयोजकले नेपाललाई केवल प्राकृतिक सुन्दरताको देश नभई सामाजिक रूपमा सक्रिय र परिवर्तनमुखी समाजका रूपमा समेत चिनाउने प्रयास गरेका थिए।

नेपाली समाजका अध्यक्ष शिव अधिकारीले संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको कामबारे जानकारी दिए। उनले हालसम्म २२ जना बालबालिकालाई सहयोग गरिएको छ, जसमा बहिरा बालबालिकाको शिक्षामा विशेष ध्यान दिइएको जनाकारी दिए। साथै, उनले ३६ जना मोबाइल मातृत्व सहायकलाई तालिम दिई कर्णाली, कोशी र मधेश प्रदेशमा निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिएको बताए।

कार्यक्रममा वातावरण पत्रकार नवीन सिंह खड्काले नेपालमा जलवायु परिवर्तनका असरबारे चर्चा गरेका थिए भने बालबालिकाका लागि चित्रकला जस्ता गतिविधिहरू पनि आयोजना गरिएका थिए।

कार्यक्रममा २०० भन्दा बढी अतिथिहरू सहभागी थिए। बर्लिनस्थित नेपाली दूतावासका प्रतिनिधि र फ्र्यांकफर्ट सहरका अधिकारीहरूले कार्यक्रमको प्रशंसा गरेका थिए।

Source : Setopati

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप युरोप