युरोप
एनआरएनएको पहलमा युक्रेनबाट दुई नेपालीको उद्धार
वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहल र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार गरिएको हो।
केही समयअघि उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सम्पर्क गरी उद्धारको लागि पहल गर्न आग्रह गरेपछि संघले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो। सन् २०२४ को जुलाईमा त्यहाँ पुगेका उनीहरू विगत १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएका थिए।
युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै आज दिउँसो १ बजे उनीहरू दुवै जना काठमाडौं आइपुगेका हुन्।
प्रकाशित मिति:
मंगलबार, असोज ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
युरोप
वैदेशिक रोजगारको नक्सामा आमूल परिवर्तन
आइतबार, साउन २४, २०८३
बेलायतमा बढ्यो सम्बन्ध विच्छेद !
बुधबार, जेठ १३, २०८३
नेपालीको सपनाको गन्तव्यबाट धुमिल बन्यो युरोप
बिहीबार, वैशाख २४, २०८३
जर्मनीमा मनाइयो नेपाल दिवस
बुधबार, वैशाख २३, २०८३
स्कटल्याण्डमा नेपाली झण्डा फहराइरहेका काशीराम
शनिबार, वैशाख १९, २०८३
स्पेनको कानुनी प्रक्रिया दिल्ली सारिएपछि झन्झट !
शुक्रबार, वैशाख १८, २०८३