नेभिगेशन
एकता महाधिवेशन

एनआरएनए विवाद मिलाउन रोविनको नेतृत्व - महेश श्रेष्ठ

शेरचनलाई एनआरएनएका वर्तमान अध्यक्ष श्रेष्ठको ‘सफ्ट समर्थन’ 

जापान । एनआरएनएका वर्तमान अध्यक्ष महेश श्रेष्ठले संघको आगामी नेतृत्वका लागि रोबिन शेरचन जस्तो विवादरहित र सबैलाई समेट्न सक्ने व्यक्ति आवश्यक रहेको बताएका छन् । शेरचनको उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

श्रेष्ठले विगत ५ वर्षको आन्तरिक विभाजनले विदेशमा रहेका ८० लाख नेपालीको आस्थामा चोट पुगेको बताउँदै अबको नेतृत्वले एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए।

‘विभाजित संस्थाका कारण सरकार र निजी क्षेत्रको हामीप्रतिको विश्वास टुटेको थियो, तर हालैको एकताले नयाँ आधार तयार गरेको छ’ अध्यक्ष श्रेष्ठले भने, ‘रोबिन शेरचनको स्वच्छ र समन्वयकारी छविले यो एकतालाई दिगो बनाउन सक्छ।’

अध्यक्ष श्रेष्ठले आर्थिक समृद्धिको तथ्यांक प्रस्तुत गर्दै १० लाख नेपालीले प्रतिमहिना २० हजार रुपैयाँ मात्र बचत गरी लगानी गर्ने हो भने वार्षिक २ खर्ब रुपैयाँ पुँजी जम्मा हुन सक्ने बताए।

उनले एनआरएनएले अब १ हजार मेगावाटको हाइड्रोपावर, रसायनिक मल उद्योग र हाइड्रोजन इन्धन जस्ता ठूला परियोजनामा लगानी गर्नुपर्ने धारणा राखे।

नागरिकताको विषयमा बोल्दै उनले यसलाई अधिकारमुखी बनाउन आगामी फेब्रुअरी १२ र १३ मा परराष्ट्र मन्त्रालयसँग बसेर ऐनलाई अन्तिम रूप दिइने जानकारी समेत दिए।

कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले शेरचनलाई लिखित रुपमा सन्देश पठाएर सफलताको शुभकामना दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप एकता महाधिवेशन