नेभिगेशन
कोलोराडो

एनआरएनए अमेरिकाका अध्यक्ष साहलाई नेपाली घरमा स्वागत

कोलोराडोका विभिन्न संघ संस्थाद्धारा अन्तरक्रिया

कोलोराडो : एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह लगायतका पदाधिकारीसँग कोलोराडोका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले नेपाली घरमा छलफल एवं भेटवार्ता गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विशेष अतिथीका रुपमा सहभागि हुन कोलोराडो आएका अध्यक्ष साहसँग नेपाली घरमा संस्थाका प्रमुख तथा प्रतिनिधिले छलफल, भेटवार्ता तथा अन्तरक्रिया गरेका हुन् ।

एनआरएनए अमेरिकाले यसअघि नै नेपाली घरलाई पाँच हजार अमेरिकी डलर सहयोग गरिसकेको छ । चाँडै नै फेरि पाँच हजार सहयोग गर्ने घोषणा पनि एनआरएनए अमेरिकाले गरेको छ ।

Nepali-Ghar-Meeting-1779859732.jpg

यसअघि गरेको सहयोग र आगामी सहयोगका लागि नेपाली घरका पदाधिकारीले साहलाई निमन्त्रणा गरेका थिए । सोही छलफलमा एनआरएनए कोलोराडो च्याप्टर, रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल लगायतका संघ संस्थाका पदाधिकारी पनि सहभागी भएका थिए ।

एनआरएनए अमेरिकाका अध्यक्ष साहसँगै उपाध्यक्ष सुरेन्द्र लौडारी र कोषाध्यक्ष रवीन्द्र उप्रेति थिए । नेपाली घरका कार्यवाहक अध्यक्ष गंगा चौलागाईं, पूर्व अध्यक्ष जगदीशचन्द्र ढकाल लगायत पदाधिकारी सहभागि थिए । यस्तै एनआरएनए अमेरिकाका अध्यक्ष निमा शेर्पा, रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपालका उपाध्यक्ष हरि गुरूङ, पूर्व अध्यक्ष राज ढुंगाना, निवर्तमान अध्यक्ष अध्यक्ष अर्जुन बगाले पनि छलफलमा सहभागि भएका थिए ।

NRNA-USA-Meetins-1779859760.jpg
 

अध्यक्ष साह लगायतको पदाधिकारी टोलीलाई नेपाली घरमा स्वागत गरिएको थियो । छलफलपश्चात अध्यक्ष साहलगायतको टोलीलाई नेपाली घर परिसरको अवलोकन गराइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप कोलोराडो