नेभिगेशन
एनआरएनए
एनआरएनए अमेरिका

१५ औँ साधारणसभामा विशेष निमन्त्रणा छ : अध्यक्ष साह

‘नेपाली डायस्पोरामा योगदान दिएकालाई एनआरएनए अमेरिकाले सम्मान गर्छ’

कोलोराडो : एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र सााहले संस्थाको १५ औँ साधारणसभामा सम्मानका लागि सहभागि हुन आग्रह गरेका छन् । कोलोराडोको डेनभरमा आयोजित नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको उद्घाटन समारोहमा विशेष अतिथीका रुपमा बोल्दै अध्यक्ष साहले टेक्सासको अस्टिनमा हुन गइरहेको १५ औँ साधारणसभामा एनआरएनए अमेरिकाले डायस्पोरामा रहेका अग्रज, क्षमतावान र देशका लागि निरन्तर योगदान दिइरहेका व्यक्तिलाई विशेष सम्मान गर्ने कार्यक्रम रहेकाले सहभागिताका लागि निमन्त्रणा दिँदै आग्रह गरेका हुन् ।

‘म यो मञ्चबाट भन्न चाहन्छु, तपाईँहरुलाई टेक्सासको अस्टिनमा एनआरएनए अमेरिकाको १५ औँ विशेष सम्मान साधारणसभामा सहभागिताका लागि निमन्त्रणा दिन चाहन्छु,’ अध्यक्ष साहले भने, ‘नेपाली साहित्यिक क्षेत्रमा डायस्पोराबाट तपाईँहरुले गरेको योगदानको हामी उच्च सम्मान गर्छौँ । त्यसका लागि हाम्रो १५ औँ साधारणसभामा सहभागि बन्नुहोला ।’

उनले साहित्यिक क्षेत्रमा अब गरिने कार्यक्रम, प्रकाशन तथा सार्वजनिक क्षेत्रका विषयहरुमा एनआरएनए अमेरिकाले निरन्तर आर्थिक सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । यो सम्मेलनदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र सम्मेलनलाई एनआरएनए अमेरिकाले निरन्तर सहकार्य गरेर सहयोग बढाउने पनि घोषणा गरे ।

‘तपाईँहरुलाई कार्यक्रम आयोजना गर्दा, साहित्यिक मञ्चहरु निर्माण गर्दा, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली साहित्यको प्रवर्द्धन गर्दा हामीले सक्ने सहयोग गर्न तयार छौँ’ उनले थप अगाडि भने, ‘तपाईँको स्पष्ट योजना र कार्यक्रम हामीमाझ आएको खण्डमा हामी संस्थागत रुपमा सहयोग गर्न तयार छौँ ।’

एनआरएनए अमेरिकाको १५ औँ साधारणसभा टेक्सासको अस्टिनमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । विशेष सम्मान साधारणसभा गर्ने तयारीस्वरुप कार्यक्रममा अमेरिका लगायत नेपाली डायस्पोरामा विशेष योगदान दिने विशिष्ट, विशेष, प्रतिभावान र युवा क्षमता भएका व्यक्तित्वलाई सम्मान गर्ने तयारी रहेको पनि अध्यक्ष साहको भनाई छ । 

कार्यक्रममा सहभागि भई शुभकामना मन्तव्यसमेत दिएका अध्यक्ष साहलाई कोलोराडो भ्रमणका क्रममा नेपाली घर लगायत संस्थाहरुले बोलाएर विशेष स्वागत तथा अन्तरक्रिया गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप एनआरएनए