अष्ट्रेलियामा अहमद र रानालाई राजदूत यादवको सम्मान
अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले प्रवासमा रहेका नेपालीहरूको हक हितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई अझै व्यवस्थित रूपमा लागि पर्न सुझाव दिएकी छन्।
बुधबार अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रममा एकता महाधिवेशनबाट निर्वाचित एनआरएनएका सदस्यहरूसँगको भेटमा राजदूत यादवले नेपालबाट अस्ट्रेलिया आएका लाखौं नेपालीको हितमा एनआरएनए आईसीसीले काम गर्नुपर्ने बताएकी हुन्।
वैशाख २१ र २२ गते शेष घले नेतृत्वको उच्चस्तरीय समितिले घरेको एकता महाधिवेशनबाट निर्वचित एनआरएनए ओसियाना क्षेत्रीय संयोजक इरशाद अहमद र क्षेत्रीय उप–संयोजक प्रताप रानालाई राजदूत यादवले सम्मानसमेत गरेकी थिइन्।
नेपालबाट अष्ट्रेलिया आएका लाखौं नेपालीको हितमा एनआरएनएले काम गर्दै आएको विगतलाई स्मंरण गर्दै राजदूत यादवले यो कार्यलाई अझै व्यवस्थित रूपमा धेरै नेपालीसम्म पु¥याउन एनआरएनए लागि पर्नुपर्नेमा जोड दिइन्।
भेटमा क्षेत्रीय संयोजक इरशाद अहमद र क्षेत्रीय उप संयोजक प्रताप रानाले आफूहरूले एनआरएनए आइसिसीको गर्विलो इतिहासलाई कायम राख्न रातदिन कटिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत जनाएका थिए।
भेटमा जनसम्पर्क समिति अस्ट्रलियाको वरिष्ठ उपाध्यक्ष इथान शाक्य, जनसम्पर्क समिति न्यु साउथ वएल्स राज्यको उपाध्यक्ष सक्षम सुवेदीलगायतको उपस्थिति थियो।
यी हुन् एनआरएनए एकताका १० बुँदे सहमति
प्रधानमन्त्रीको उपस्थितीमा दुई एनआरएनएबीच एकता
एनआरएनए इटालीको अध्यक्षमा अशोक उप्रेति
जनवरीमा दुई एनआरएनएबीच एकता होला ?
‘देशलाई संकटबाट निकाल्न एनआरएनएले काम गर्छ’