राष्ट्र बैंकका नयाँ गभर्नरसँग एनआरएनए अध्यक्षको भेट
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ।
बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा संघ र राष्ट्र बैंकबीचको आपसी सहकार्य तथा गैरआवासीय नेपालीको लगानी प्रवर्द्धन गर्न आवश्यक नीतिगत विषयहरूमा विस्तृत छलफल भएको थियो।
भेटका क्रममा केसीले नवनियुक्त गर्भनर प्रा.डा. पौडेललाई शुभकामना दिँदै समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी तथा सहभागीता सहज बनाउन कानुनी र नीतिगत सुधारको लागि अनुरोध गरे।
गभर्नर पौडेलले गैरआवासीय नेपालीको योगदानलाई संस्थागत गर्न राष्ट्र बैंक तयार रहेको र नीतिगत सुधारका लागि समेत सकारात्मक रहेको बताए।
यस्तै लामो समयदेखि नेपाल सरकारसँग माग गर्दै आएका नीतिगत सुधारका पहलहरू सम्बन्धमा पनि पत्रमार्फत् जानकारी गराइएको थियो।
भेटमा पूर्व युवा उपसंयोजक लोकराज शर्मा, एनआरएन नेपाल डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनिलराज भट्टराई, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत समेतको उपस्थिति थियो।
एनआरएनएको अध्यक्षमा हेमराजको उम्मेदवारी घोषणा
एनआरएनए अध्यक्षमा शेरचनको उम्मेदवारी घोषणा
एनआरएनएको एकता महाधिवेशन काठमाडौँमा
यी हुन् एनआरएनए एकताका १० बुँदे सहमति
प्रधानमन्त्रीको उपस्थितीमा दुई एनआरएनएबीच एकता