जनवरीमा दुई एनआरएनएबीच एकता होला ?
गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई पक्षबिच एकताका लागि जनवरीमा अधिवेशन प्रस्ताव गरिएको छ। एनआरएनएका दुई पक्षबिच विभिन्न चरणमा भएको छलफलमा यस्तो प्रस्ताव गरिएको हो।
२०८२ असोजमा भएको ११ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी र गत वैशाखमा सम्पन्न एकताको अधिवेशनबाट निर्वाचित महेश श्रेष्ठ नेतृत्वमा गरी दुई कार्यसमिति रहेका छन्।
छलफलका क्रममा दुवै अध्यक्षको संयोजकत्वमा स्टेरिङ कमिटी बनाउने प्रस्ताव गरिएको बद्री केसी नेतृत्वको कार्यसमितिका एक पदाधिकारीले सेतोपाटीलाई बताए।
'अर्को अधिवेशन नभएसम्म दुवै कार्यसमितिका पदाधिकारी र सदस्यलाई स्विकार्ने प्रस्ताव गरेका छौं। स्टेरिङ कमिटीले निर्वाचन समिति अनुगमन समिति र सदस्यता वितरण समितिलाई पुनर्गठन गर्ने अनि एक महिनाको लागि सदस्यता खुलाउने समेत प्रस्ताव भएको छ,' ती पदाधिकारीले भने, 'थप सदस्यताका आधारमा नयाँ प्रतिनिधि चयन गरेर जनवरीमा १२ औं अधिवेशन गर्ने भनिएको छ।अधिवेशनमा दुवै अध्यक्षले उमेदवारी नदिने समेत प्रस्ताव भएको छ।'
दुवै पक्ष सहमति भइहालेमा पनि कसरी र कुन मोडालिटीमा आगामी नेतृत्वमा हावी हुने भन्ने सोच त्याग्न नसकिरहेका कारण कतिपय विदेशमा बसेका नेपाली एकता प्रक्रिया जटिल देखिरहेका छन् । दुवै अध्यक्षले भने सहमति र एकताको विकल्प नभएको भन्दै आएका छन् ।
एनआरएनएको अध्यक्षमा हेमराजको उम्मेदवारी घोषणा
एनआरएनए अध्यक्षमा शेरचनको उम्मेदवारी घोषणा
एनआरएनएको एकता महाधिवेशन काठमाडौँमा
यी हुन् एनआरएनए एकताका १० बुँदे सहमति
प्रधानमन्त्रीको उपस्थितीमा दुई एनआरएनएबीच एकता