अमेरिका
अमेरिकाको टेक्सासमा मनाइयो बुद्ध जयन्ती
अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा यही मे १५ मा पहिलो पटक बुद्ध दिवस (वेसाक दिवस) मनाइएको छ। नेपालिज बुद्धिस्ट एसोसिएसन, टेक्सास (एनबिएटी) को आयोजना तथा हुओङ दाओ विपश्यना भावना केन्द्र र टेक्सासभरिका अन्य बौद्ध समुदायहरूको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो।
त्यसै दिन बिहान टेक्सास राज्यको ८९औं विधान सभाको प्रतिनिधि सभाले वेसाक दिवसलाई पवित्र दिवसका रूपमा मान्यता दिने प्रस्ताव पारित गरेको थियो। संसारभरि बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण (मृत्यु) को सम्झना गर्दै वेसाक दिवस मनाउने चलन छ।
बुद्धको जन्म इ.पू. ५६३ मा लुम्बिनीमा भएको हो। वेसाक दिवस परम्परागत रूपमा मे पूर्णिमाका दिन मनाइन्छ र विश्वभरका करोडौं बौद्धले यो पर्व महिनाभर मनाउँछन्।
प्रकाशित मिति:
सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
अमेरिका
बाढी प्रभावित क्षेत्रमा एनआरएनएको सहयोग
आइतबार, भदौ १४, २०८३
साँघुरिँदै नेपालीको कानुनी बाटो !
आइतबार, भदौ १४, २०८३
नेपालसहित ७५ देशलाई अमेरिकी अदालतको राहत
आइतबार, भदौ ७, २०८३
अमेरिकामा हजारौं नेपालीको कानुनी हैसियत संकटमा !
आइतबार, साउन ३१, २०८३
नेपालमा लगानी भित्र्याउन न्यूयोर्कमा बिजनेस समिट
आइतबार, साउन २४, २०८३
कोलोराडोमा नेपाल डे परेडको भव्य तयारी
बुधबार, वैशाख २३, २०८३