ललितपुरका मेयर महर्जनलाई कोलोराडोमा स्वागत
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन कोलोराडो पुगेका छन् । अमेरीकाको कोलोराडोस्थित सिटी अफ ब्रोमफिल्डमा हुने एक कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । कोलोराडोमा नेवाः समुदायले आयोजना गरेको एक कार्यक्रममा उनी सहभागी भएका छन् । जहाँ उनको भव्य स्वागत गरिएको थियो ।
भेटघाट कार्यक्रममा ललितपुर महानगर वडा नम्बर १३ का अध्यक्ष गणेश केसी, हेल्पिङ ह्यान्डका अध्यक्ष नारायण श्रेष्ठ नेवाः खलका पदाधिकारी तथा कोलोराडोमा सक्रिय नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
कोलोराडो नेवाः खलका अध्यक्ष भुषणलाल श्रेष्ठले नेवाःखल स्थापनाकालदेखि भए गरेका मुख्य कार्यक्रमबारे जानाकारी गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले मातृभूमिदेखि सात समुन्द्र टाढा बसोबास भएर पनि आफ्नो भाषा संस्कृति परंम्परा बचाउन निरन्तर सक्रिय रहेको देख्दा ज्यादै खुसी लागेको बताए ।
छोटो समयमा पनि कार्यक्रम आयोजना गरी आफूलाई नेपाली समुदायबीच साक्षतकार हुने मौका दिएकोमा खुसी लागेको बताए । आफू ब्रुमफिल सिटीसँग सिस्टर सिटी भएपछि केही पाइन्छ कि भन्ने आशले नभै एक आपसमा संस्कृति, सभ्यता आदानप्रदान गर्ने उद्देश्यले आएको प्रष्टयाए ।
उनले ललितपुर महानगरपालिका यस अघि नै कोरियाको छेयरोन सिटी र रसियाको युलान उडे सिटीहरूसँग भगीनी सम्बन्धमा आबद्ध भइसकेको जानरकारी गराए ।
१३ जनवरीमा ब्रुमफिल सिटीका मेयर गुइलिन कासट्रिओटासँग हस्ताक्षर गरेपछि विश्वका तीन देशका शहरहरूसँग भगीनी सम्बन्धमा आबद्ध हुने बताए ।
यसअघि नै कोलोराडोका दुइवटा शहरहरू बोल्डर र सुपरियर सिटी क्रमशः काठमाडौं महानगरपालिका र संखुवासभाको खाँदबारीसँग भगीनी सम्बन्धमा आबद्ध भइसकेका छन् ।
एनआरएनए अमेरिकाका अध्यक्ष साहलाई नेपाली घरमा स्वागत
कोलोराडोको बोल्डरमा २३ औँ ‘नेपाल डे परेड’ सम्पन्न
‘कोलोराडो घोषणापत्र’ जारी गर्दै साहित्य सम्मेलन सम्पन्न
‘संसारभर एकै दिन नेपाल डे परेड गर्दा झनै राम्रो हुन्थ्यो’
कोलोराडोमा नेपाल डे परेडको भव्य तयारी