एनआरएनए अमेरिकाको वित्तीय तथा कार्यक्रम समिति गठन
समितिको संयोजकमा कोषाध्यक्ष रवीन्द्र उप्रेति
अमेरिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वित्तीय तथा कार्यक्रम व्यवस्थापन समिति गठन भएको छ । संस्थाको कार्यक्रम आयोजना तथा व्यवस्थापन कार्यशैलीमा संस्थागत सुधार ल्याउने, विश्वसनीयता बढाउने र सार्वजनिक छवि सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ आन्तरिक तथा बाह्य विज्ञ समूह सम्मिलित वित्तीय तथा कार्यक्रम व्यवस्थापन समिति गठन भएको हो।
बोर्डको तर्फबाट उक्त समितिको संयोजक कोषाध्यक्ष रवीन्द्र उप्रेती तथा वित्तीय अनुगमन प्रमुख उपाध्यक्ष सुरेन्द्र लौडारी रहेका छन्। समितिमा बोर्डका सदस्यहरू सहकोषाध्यक्ष मोहन कुसारी, बोर्ड अफ डिरेक्टर लक्ष्मी कार्की, सन्तोष लम्साल र राजु साह रहेका छन्।
नवनियुक्त विज्ञ समूहको नेतृत्व भर्जिनियाका मनोज खड्काले गर्नेछन्। समितिको रणनीतिक वित्त सल्लाहकारमा टेक्सासका गगन पाण्डे, सदस्यमा भर्जिनियाका अर्जुन ध्वज खड्का र टेक्सासकी प्रिया महाजू रहेका छन्।

समूहमा नियुक्त पदाधिकारीको कार्यकाल सन् २०२७ सम्म रहनेछ। समितिले रणनीतिक तथा वार्षिक योजना निर्माण, वित्तीय अनुगमन र आन्तरिक नियन्त्रण सुदृढीकरण, कार्यक्रम तथा परियोजना व्यवस्थापनका न्यूनतम मापदण्ड तय गर्ने तथा स्रोत परिचालन र प्रस्ताव विकाससम्बन्धी कार्य गर्नेछ।
यसअन्तर्गत वार्षिक योजना, कार्यक्रमगत प्राथमिकता, वित्तीय प्रक्षेपण र कार्यसम्पादन सूचक तयार गर्ने, स्वीकृत योजनाको समय–समयमा पुनरावलोकन गर्ने, बजेट तथा खर्च मूल्याङ्कन गर्ने र पारदर्शिता सुनिश्चित गर्ने व्यवस्था सुदृढ गर्ने लक्ष्य राखिएको छ।
समितिले परियोजना प्रस्ताव, अवधारणा पत्र तथा अनुदान आवेदन तयार गरी सदस्य, दातृ संस्था, साझेदार र विभिन्न अनुदान स्रोतमार्फत सहयोग जुटाउने लगायतका काम गर्ने एनआरएनए अमेरिकाका प्रवक्ता सन्देश उप्रेतिले जानकारी दिए ।
पासाङको प्रतिभाशाली परिचय
अमेरिकाको ‘बेस्ट बुक अवार्ड फाइनलिस्ट’मा नेपाली लेखक
अमेरिकाको डिभी अब कहिले खुल्छ ?
नेपालको समृद्धिमा योगदान दिन तयार छौँ : अधिकारी