नेभिगेशन
कोलोराडो

गौतम बुद्धको जन्मजयन्ती विशेष रुपमा मनाइँदै

अमेरिका : विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ युरोप र अमेरिकामा भव्य रुपमा मनाइने भएको छ ।

युरोप र अमेरिकामा सक्रिय विभिन्न संघ संस्थाको आयोजनामा १ मे का दिन शुक्रबार बुद्धजयन्ती मनाउन लागिएको हो । यस्तै अमेरिकाको कोलोराडोमा पनि यो कार्यक्रम भव्य रुपमा मनाइँदैछ ।

यस्तै नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको लिस्बनमा पनि कार्यक्रम आयोजना गरेको छ । लिस्बनको आन्जोसस्थित जिनासीयो क्लबको हलमा बुद्धको विशेष पूजा–आराधना गरिनेछ भने बौद्ध धर्मगुरुद्वारा ध्यान तथा प्रवचन पनि हुने बताइएको छ ।

विश्वका शान्तिदूत गौतमबुद्धको जन्मजयन्ती विश्वभर रहेका बौद्ध धर्मावलम्बी तथा नेपाली समुदायले भव्य रुपमा मनाउँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप कोलोराडो