एनआरएनए
एनआरएनए कोलम्बियाको अध्यक्षमा मैनाली निर्वाचित
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कोलम्बियाको अध्यक्षमा छत्रबहादुर मैनाली चयन भएका छन् ।
साउन ११ गते सम्पन्न राष्ट्रिय महाधिवेशनबाट मैनालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । एनआरएनए अमेरिकी क्षेत्रका क्षेत्रीय संयोजक बेद बस्नेतको भर्चुअल उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
उक्त महाधिवेशनले २०२५ जुन ८ मा गठन भएको तदर्थ समिति विघटन गर्दै, मैनालीकै अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा लालबहादुर गुरूङ, महासचिवमा सुन्दर तामाङ, उपमहासचिवमा प्रेमबहादुर छेत्री, कोषाध्यक्षमा मिथुन थापा, सचिवमा कमल शर्मा, उप–सचिवमा सूर्यबहादुर पुन चयन भएका छन् । सदस्यहरूमा प्रविना राई, जीतबहादुर गुरूङ, धनबहादुर तामाङ रहेका छन् ।
प्रकाशित मिति:
मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एनआरएनए
१५ औँ साधारणसभामा विशेष निमन्त्रणा छ : अध्यक्ष साह
बिहीबार, जेठ १४, २०८३
३६ चिकित्सकको लाइसेन्स खारेज, एनआरएनएको आपत्ति
बुधबार, वैशाख २३, २०८३
गैरआवासीय नेपाली विधेयकमा एनआरएनएको संशोधन
शुक्रबार, वैशाख १८, २०८३
एनआरएनए अमेरिकाको १५ औँ साधारणसभा जुलाईमा
शुक्रबार, वैशाख १८, २०८३
अन्तर्राष्ट्रिय महिला सम्मेलनका लागि सुझाव संकलन
शुक्रबार, वैशाख १८, २०८३
लक्जमबर्गमा दुर्गा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति
बिहीबार, वैशाख १७, २०८३