एनआरएनए नेदरल्यान्डको अध्यक्षमा विष्णु पोखरेल विजयी
काठमाडौं : गैर आवासीय नेपाली संघ नेदरल्यान्डको ११ औं महाधिवेशले विष्णु पोखरेलको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको छ ।
गत २३ जु्लाईमा सम्पन्न भएको अधिवेशन अन्तर्राष्टिय समन्वय परिषद्का लागि सिता सापकोटा र वरिष्ठ उपाध्यक्षमा पेमा लामा, उपाध्यक्षमा थमन बहादुर कार्की, प्रेम पुन, महिला उपाध्यक्षमा इन्द्र कुमारी सापकोटा, युवा उपाध्यक्षमा अनिल कार्की, महासचिवमा दिनेश अर्याल, सचिवमा पुण्य प्रसाद वस्ती (प्रनिल), कोषाध्यक्षमा सन्दीप विश्वकर्मा, युवा संयोजकमा आशिस उपाध्याय, महिला संयोजकमा कुमारी पौडेल थापा, त्यसैगरी सदस्यहरूमा डम्मर कुमार कोइराला, निरज गुरुङ,सुरेन्द्र पराजुली निर्वाचित भएका छन् ।
नेदरल्यान्डको नेपाली डायस्पोरालाई अझै एकिकृत र भावानात्मक रुपमा बलियो बनाउँदै लैजाने, एनआरएनए नेदरल्यान्डले गरिरहेका दुुरगामी महत्वका काम तथा योजनालाई निरन्तरता दिँदै अगाडि बढ्ने नवनिर्वाचित अध्यक्षले बताएका छन् ।
अधिवेशनले नेदरल्यान्डमा नेपाली साँस्कृतिक घर नेपाल हाउस र आपतकालिन मानवीय सहयोगका लागि अक्षय कोष स्थापना गरेको छ ।
संघको विधानलाई नेदरल्यान्डको कानुनको बर्खिलाप नहुने गरी परिमार्जन गरिएको निवर्तमान अध्यक्ष थानेश्वर कँडेलले बताए ।
Source : Onlinekhabar.com
१५ औँ साधारणसभामा विशेष निमन्त्रणा छ : अध्यक्ष साह
३६ चिकित्सकको लाइसेन्स खारेज, एनआरएनएको आपत्ति
गैरआवासीय नेपाली विधेयकमा एनआरएनएको संशोधन
एनआरएनए अमेरिकाको १५ औँ साधारणसभा जुलाईमा
अन्तर्राष्ट्रिय महिला सम्मेलनका लागि सुझाव संकलन