एनआरएनए
एनआरएनए अमेरिकाको अध्यक्षमा सतेन्द्र साह विजयी
गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको अध्यक्षमा सतेन्द्र साह निर्वाचित भएका छन् । अगस्ट महिनाको दोस्रो हप्ता साहले ३ हजार २ सय २८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धीहरु भानु खरेलले २ हजार ५ सय ६ र रामहरि अधिकारीले २ हजार ६३ तथा रामजी अधिकारीले १०५ मत प्राप्त गरे ।
यस्तै वरिष्ठ उपाध्यक्षमा सन्तोष पहरी विजयी भएका छन् । ४ जना राष्ट्रिय उपाध्यक्ष पदमा प्रदीप चौलागाई, डाक्टर गंगाधर आचार्य, आङ् छिरिङ शेर्पा र सुरेन्द्र लौडरी निर्वाचित भए । राष्ट्रिय महिला उपाध्यक्ष पदमा सुनिता खत्री र संघको युवा उपाध्यक्ष पदमा विजय वाइबा विजयी भएका छन् ।
निर्वाचन मत परिणाम अनुसार महासचिव पदमा मोहन न्यौपाने विजयी भए । कोषाध्यक्ष पदमा रवीन्द्र उप्रेति विजयी भएका छन् ।
प्रकाशित मिति:
मंगलबार, भदौ १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एनआरएनए
१५ औँ साधारणसभामा विशेष निमन्त्रणा छ : अध्यक्ष साह
बिहीबार, जेठ १४, २०८३
३६ चिकित्सकको लाइसेन्स खारेज, एनआरएनएको आपत्ति
बुधबार, वैशाख २३, २०८३
गैरआवासीय नेपाली विधेयकमा एनआरएनएको संशोधन
शुक्रबार, वैशाख १८, २०८३
एनआरएनए अमेरिकाको १५ औँ साधारणसभा जुलाईमा
शुक्रबार, वैशाख १८, २०८३
अन्तर्राष्ट्रिय महिला सम्मेलनका लागि सुझाव संकलन
शुक्रबार, वैशाख १८, २०८३
लक्जमबर्गमा दुर्गा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति
बिहीबार, वैशाख १७, २०८३