‘देशलाई संकटबाट निकाल्न एनआरएनएले काम गर्छ’
[यो समाचार सेतोपाटीबाट लिइएको हो : सम्पादक]
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले देशको पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। सेतोपाटीसँग संक्षिप्त कुरकानी गर्दै एनआरएनए अध्यक्ष केसीले नेपालमा लगानीका लागि चुनौती भए पनि देश सम्झेर काम गर्ने बताए।
अहिलेको अवस्थामा विदेशी लगानी आउन अप्ठ्यारो हुने भन्दै केसीले यस्तो बेला गैरआवासीय नेपाली (एनआएन) ले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
‘हाम्रो आफ्नै कार्यालय जलाइएको छ। हाम्रा संस्थापक अध्यक्ष उपेन्द्र महतोको घर जलाइएको छ। यसले लगानीको सुरक्षामाथी प्रश्न उठेको छ,’ केसीले भने,’ अब पुरानो अवस्थामा फर्किन पनि ४–५ वर्ष लाग्न सक्छ। त्यसैले संसारभरि रहेका एनआरएनले देशको माटो सम्झेर लगानी गर्नेछन्।’
विदेशी लगानीकर्तालाई आफ्नो सुरक्षाको चिन्ता हुने भन्दै उनले चुनौतीका बीच पनि एनआरएनले देशको पुनर्निर्माणमा सहयोग गर्ने बताए ।एनआरएनलाई पनि सरकारले सुरक्षाको प्रत्याभूति भने गराउनपर्ने उनको भनाइ छ।
सरकारले आफूहरू सँग कस्तो खालको सहयोग खोज्छ भनेर तय भइनसकेको भन्दै उनले सरकारले मागेका आधारमा आफुहरु सहयोग ल्याउन तयार रहेको प्रतिबद्धता जनाए।
एनआरएनएको अध्यक्षमा हेमराजको उम्मेदवारी घोषणा
एनआरएनए अध्यक्षमा शेरचनको उम्मेदवारी घोषणा
एनआरएनएको एकता महाधिवेशन काठमाडौँमा
यी हुन् एनआरएनए एकताका १० बुँदे सहमति
प्रधानमन्त्रीको उपस्थितीमा दुई एनआरएनएबीच एकता