नेभिगेशन
साहित्य

कोलोराडोमा नवौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै

अमेरिका - नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन तयारी तिब्र रूपमा अगाडी बढेको शनिवार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा जानाकारी गराइएको छ ।

आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले शनिवार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मे २२ देखि २५ सम्म सञ्चालन हुने जानकारी दिदै सबैलाइ सहभागी हुन अनुरोध गरेका छन् ।

अनेसास अध्यक्ष वाग्लेले नेपाली भाषा, साहित्यको सम्बर्द्धन, संरक्षण र विश्वव्यापीकरणमा योगदान पुर्याउदै आएको अनेसासले डायस्पोराको युवा पुस्तालाई नेपाली भाषा र साहित्यसंग जोड्न विभिन्न गतिविधि र कार्यक्रम गर्दै आएको बताए । 

अनेसास बोर्ड अफ ट्रष्टि (बीओटी)का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि झण्डै ५० हजार डलर खर्च हुने अनुमान गरिएको बताए । उनले सम्मेलन आयोजनाका लागि कोलोराडोको वेष्टमिनिष्टरस्थित होटल डुरी ईन प्लाजा चार दिनका लागि बुक गरिएको जानकारी दिए ।

उनले २००९ मा शुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौं श्रृंखला अमेरिकाको कोलोराडोमा आयोजना गर्न लागिएको बताए । दुई वर्षमा आयोजना गरिने सम्मेलनको आठौं श्रृंखला दुई वर्ष अघि युरोपको पोर्चुगलमा सम्पन्न भएको उनले जानकारी दिए ।

अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झण्डै ४० मुलुकबाट दुई सयभन्दा बढि साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको बताए । सम्मेलनमा नेपाल सहित विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारहरुलाई आमन्त्रण गरिएको जानकारी दिदै थुप्रै साहित्यकारहरुलाई सम्मेलनमा सहभागी हुने प्रतिबद्धता गरेको सिटौलाले सुनाए ।

Source : Natibabu Bhatta/Coloradokhabar

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप साहित्य