साहित्य
अमेरिकाको डालसमा नेजा कन्क्लेभ सम्पन्न
टेक्सस । उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा टेक्ससको ड्यालसमा नेजा कन्क्लेभ सम्पन्न गरेको छ ।
कन्क्लेभमा पत्रकारिता, समाज, लगानी, डायस्पोरा र नेपाली समुदायका विभिन्न सरोकारका विषयमा संवाद भएको थियो । नेपाल कन्क्लेभले विदेशमा बस्ने नेपालीका समस्या र समाधानका उपायमा पत्रकारिताले गरेको योगदान, आवश्यकता तथा सामाजिक विषयमा अन्तरसंवाद आवश्यक रहेको पनि औँल्याएको छ ।
विभिन्न समयमा पत्रकारितामा सक्रिय रहेका व्यक्ति तथा व्यक्तित्व एवं सामाजिक नेतृत्वबीचको कन्क्लेभले अमेरिकी डायस्पोरामा उठेका विविध विषय समेट्ने प्रयास गरेको पनि अध्यक्ष सुरज भण्डारीले बताए । उनका अनुसार नेपाल स्थापना दिवसका अवसरमा कन्क्लेभ आयोजना गरिएको हो ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
साहित्य
‘कोलोराडो घोषणापत्र’ जारी गर्दै साहित्य सम्मेलन सम्पन्न
बुधबार, जेठ १३, २०८३
विष्णु विवेकको पहिलो पुस्तक ‘घाटगाउँ’ अमेरिकामा विमोचन
शुक्रबार, वैशाख १८, २०८३
कोलोराडोमा नवौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै
शुक्रबार, वैशाख १८, २०८३
नारायण श्रेष्ठलाई पुस्तक पत्र
बिहीबार, वैशाख १७, २०८३