युरोपकी पहिलो महिला ‘हेड शेफ’
महिलाहरुका लागि खाना पकाउनु नौलो कुरा होइन । त्यसमाथि नेपाली आमा, दिदीबहिनीले पकाएको खानाले संसारभर नेपाली माया, संस्कार, संस्कृति र खाद्य पर्यटनको प्रवर्द्धन गरेको छ । तर नेपाली भान्छाबाट संघर्ष गर्दै नेपालकै विश्वविद्यालयबाट डिग्री हासिल गरेर युरोपकै पहिलो महिला ‘हेड शेफ’ बन्न सफल छिन्, गोमा पौडेल ।
२० वर्षअघि बेलायत पुगेकी पौडेल खाना पकाउन जति पोख्त छिन, सामाजिक रुपमा त्यति नै सक्रिय र सहयोगी हुन् । सुरु सुरुमा संघर्ष गर्दै विभिन्न रेष्टुरेन्टमा काम गरेर ‘किचेन क्याबिनेट’ सम्हालेकी गोमाले अहिले बेलायतका विभिन्न ठाउँमा आधा दर्जन रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छन् ।

आफैलै तीन वटा रेष्टुरेन्ट सञ्चालन गरेकी उनले अन्य रेष्टुरेन्ट र हस्पिटालिटी क्षेत्रमा लगानीसमेत गरेकी छन् । हाम्रो नेपाली समाज मिडल्याण्डकी पूर्वअध्यक्षसमेत रहेकी पौडेल गैरआवासीय नेपाली संघ, युकेमा बसेर नेपाली समुदायलाई सहयोग गरेकी छन् ।
कोभिड महामारीका बेला उनले बेलायतमा रहेका विद्यार्थीलाई गरेको सहयोग र फैलाएको सहयोगी हात नेपाली डायस्पोरामा गोमा पौडेल नामले चर्चित बनाएको हो । उनले काठमाडौँमा रहेको मानव सेवा आश्रममा पनि विभिन्न समयमा सहयोग गरेकी छन् ।
स्रोत : नेपाल ब्रिटेन डटकम
ग्लोबल नेपाली डायस्पोराकी गौरव
रुस-युक्रेन युद्धमा बिर्सनै नसकिने एउटा उद्धारकको कथा
स्वीट्जरल्याण्डमा एप्पल इन्जिनियर
स्कटल्याण्डमा नेपाली झण्डा फहराइरहेका काशीराम
युरोपेलीलाई हराउँदै पोल्याण्डका सर्वोत्कृष्ट डाक्टर