तान्जानियाका नेपाली जंगल सफारी गाइड
अफ्रिकी मूलुक तान्जानिया जंगल सफारीका लागि चर्चित मानिन्छ । विश्वकै धेरै पर्यटक तान्ने प्रमुख पर्यटकीय गन्तव्यका रुपमा पनि तान्जानियाका जंगल तथा राष्ट्रिय निकुन्जहरु चर्चित छन् ।
किलिमन्जरो हिमाल चढ्ने र जंगल सफारी गर्ने तान्जानिया पुगेका पर्यटकहरुको प्रमुख उद्धेश्य हुन्छ । नेपालमा चितवन, बर्दिया, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गर्न आउने पर्यटक तान्जानिया पुगेर आउने पनि हुन्छन् ।
नेपालका हिमाल चढ्ने र आरोहीलाई चुचुरोमा लैजाने चर्चित शेर्पाहरुमध्ये एक पासाङ शेर्पा अहिले अफ्रिकी देश तान्जानियामा जंगल सफारी गाइड छन् । सुरुमा जंगल सफारी गाइड भएर काम गरेका उनले अहिले ‘शेर्पा ट्राभल्स’ कम्पनी पनि खोलेका छन् ।

पछिल्लो समय नेपालीको संख्या बढिरहँदा तान्जानियामा पासाङ जस्ता व्यवसायीले सुरु गरेको आफ्नै व्यवसायमा जोडिने नेपाली पनि थपिदै गएका छन् । तान्जानिया जस्तो जंगल सफारीको हब मानिने अफ्रिकी देशमा नेपाली व्यवसायी भनेर चिनिएका पासाङ पछिल्लो समय परिचित बनिरहेका छन् ।
एक दशक पहिले भारत हुँदै तान्जानिया पुगेका उनी अरु नेपाली युवा व्यवसायीका लागि प्रेरणाका स्रोत बनिरहेका छन् ।
स्रोत : सेतोपाटी
ग्लोबल नेपाली डायस्पोराकी गौरव
रुस-युक्रेन युद्धमा बिर्सनै नसकिने एउटा उद्धारकको कथा
स्वीट्जरल्याण्डमा एप्पल इन्जिनियर
स्कटल्याण्डमा नेपाली झण्डा फहराइरहेका काशीराम
युरोपेलीलाई हराउँदै पोल्याण्डका सर्वोत्कृष्ट डाक्टर