टर्कीमा सम्मानित उत्कृष्ट नेपाली डाक्टर
जहाँ उनलाई ‘जिउँदो भगवान’का रुपमा सम्मान गरिन्छ
टर्की युरोप र एसियाको सीमायुक्त देश हो । टर्की जातको कुखुरासँग नाम मिलेका कारण यो देशको नाम पछिल्लो समय ‘टर्कीये’ भनेर सम्बोधन गरिन्छ । यही देशमा एक जना नेपाली डाक्टर छन्, जसले ‘जिउँदो भगवान’को उपाधि र सम्मान पाएका छन् ।
सिराहाका विनोद साह छात्रवृति कोटा पाएर टर्की पुगेका हुन् । उनले नेपालमै निःशुल्क सरकारी कोटामा नाम निकालेर एमबीबीएस पढेपछि थप उच्च शिक्षा अध्ययन तथा सेवाका लागि टर्की पुगेका थिए ।
जहाँ उनले चिकित्सा शिक्षाको उच्च शिक्षा अध्ययन मात्रै अगाडि बढाएनन्, टर्कीकै उत्कृष्ट डाक्टरको सम्मान पाउन सफल भए । उनलाई उत्कृष्ट सेवा गरेबापत टर्की सरकारले सन् २०१५ मा उनलाई ‘बेस्ट डाक्टर अफ द इयर अवार्ड’ दियो । उनले त्यो अवार्ड टर्कीका राष्ट्रपतिबाट ग्रहण गरेका थिए ।

उनी बाल चिकित्सक हुन् । टर्कीमा धेरै बालबालिकाको कठिन अवस्थामा सेवा गर्दै ज्यान बचाएबापत उनलाई त्यहाँ ‘जिउँदो भगवान’का रुपमा सम्मान गर्ने गरिन्छ । उनले दुई वर्षअघि सन् २०२४ मा उत्कृष्ट बाल चिकित्सकको पुरस्कार पनि पाएका थिए ।
टर्कीमा उत्कृष्ट डाक्टर हुँदा पनि उनले नेपालको ग्राण्डी अस्पतालमा बाल चिकित्सक सेवा युनिटको सुरुवात गरेका छन् । जहाँ कठिन अवस्थाका बिरामी बालबालिकाको उपचार गरिन्छ । टर्कीमा बसेर उत्कृष्ट डाक्टरको उपाधि पाएका र नेपालमै बसेर केही वर्ष सेवा गरेर पुनः युरोप फर्किएका डा.साह विश्वभर रहेका नेपालीका लागि प्रेरणाका स्रोत हुन् ।
(सम्पादकीय नोट : ‘१०० नेपाली डायस्पोरा’ विदेशमा आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरिरहेका प्रभावशाली नेपालीहरुको सूचि हो । न्युनतम १०० शब्दको छोटो परिचयसहितको व्यक्तित्व विवरण हामी क्रमशः प्रकाशित गरिरहेका छौँ । पूरा सूचि सार्वजनिक गरेपछि उत्कृष्ट १० जनामध्येबाट एक जनालाई खुला भोटिङमार्फत ‘वर्ष व्यक्ति २०२५’ पनि घोषणा गर्नेछौँ ।)
पासाङको प्रतिभाशाली परिचय
विश्वका ७ म्याराथन पूरा गर्ने नेपाली ‘आइरन लेडी’
तान्जानियाका नेपाली जंगल सफारी गाइड
इंग्ल्याण्डमा नेपाली मूलकी पहिलो फूटबलर