नेपाल चिनाउँदै विश्व घुमिरहेका ट्राभलर
अमेरिकामा साहस र सौखिनका पर्यटन प्रवर्द्धक
मनोज श्रेष्ठ व्यवसायी हुन् । ‘ट्राभल हाउस नेपाल’ कम्पनीमार्फत उनी धेरै नेपालीलाई अमेरिका आउजाउमा सहयोग गरिरहेका छन् । ट्राभल हाउस नेपाल र अमेरिका लगायत उनले अहिले तीन वटा ट्राभल कम्पनी चलाइरहेका छन् । सन् १९९२ देखि पर्यटन क्षेत्रमा कार्यरत उनी नेपालबाट आएर अमेरिकामा जमेका नेपाली व्यवसायी हुन् ।
उनी व्यवसायी मात्रै होइनन्, गाडी तथा मोटरसाइकलका शौखिन पनि हुन् । उनीसँग अहिले दर्जनौ ब्राण्डका गाडी र मोटरसाइकल छन् । सन् २०२५ सम्म उनले १५२ देश घुमिसकेका छन् । उनी मोटरसाइकल राइडर पनि हुन् ।
अमेरिकाका धेरै ठाउँ उनी मोटरसाइकलमै घुमेका छन् । विश्वका ६ वटै महादेश घुमिसकेका उनले गएको वर्ष मात्रै हिउँ नै हिउँले भरिएको अन्टार्टिका महादेशमा पनि पाइला टेकेका छन् ।

अमेरिकाको कोलोराडोमा बसेर व्यवसाय गरिरहेका उनले घरमै नयाँ तथा पुराना हतियार पनि सजाएर संग्राहालय नै बनाएका छन् । जसले जोकोही नेपालीलाई मोहित पार्ने गरेको छ ।
आफ्ना गाडी तथा मोटरसाइकलमा उनले नेपालका चर्चित पर्यटकीय क्षेत्र रारा, पोखरा, सगरमाथा, लूम्बिनी लगायतको नाम लेखेर अमेरिकामा प्रचारप्रसार पनि गरिरहेका छन् । विश्व घुमिरहेका उनी बेला बेला नेपालीलाई सहयोग गर्नुका साथै विश्वभर रहेका नेपालीहरुमाझ जोडिने गरेका छन् ।
साहस, शोख र समयअनुसार चल्न सक्ने उनी नेपाल–अमेरिका सम्बन्धका सेतु पनि हुन् । जसले नेपालको पर्यटन, कला र महत्वपूर्ण ऐतिहासिक सामानहरुको संरक्षण तथा प्रवर्द्धनमा कोलोराडो अमेरिकामा एक कदम अगाडि बढेर आफू उदाहरणीय बनिरहेका छन् ।
स्रोत : सुवास कार्की भ्लग
स्वीट्जरल्याण्डमा एप्पल इन्जिनियर
कोलोराडोदेखि कतार हुँदै काठमाडौँसम्म
मेस्सी र मियामी
भेगास : अमेरिकाको दुबई दुनियाँ
‘एमजीएम ग्राण्ड’ र ‘एभरेष्ट रेष्टुरेन्ट’