पहिलो ‘नेप्लिज हेल्थ प्रोफेसनल अवार्ड’ प्रा.डा. आचार्यलाई
अमेरिका : यस वर्षको प्रतिष्ठित ‘नेप्लिज हेल्थ प्रोफेसनल अवार्ड’ प्रा.डा.गणेश आचार्यलाई प्रदान गरिएको छ । ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’ (एसएनएचपीई)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेपलिज् हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ अवार्ड प्रा.डा.गणेश आचार्यलाई दिँदै सम्मान गरेको हो ।
नेदरल्याण्ड्समा आयोजित सोसाइटीको दुई दिने सम्मेलनले सो अवार्ड प्रा.डा.आचार्यलाई प्रदान गरेको हो । युरोपेली संघ र बेनेलक्स राष्ट्रहरूका लागि नेपाली राजदूत सेवा लम्साल र ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’का अध्यक्ष डा. विनय श्रेष्ठले संयुक्त रूपमा सो अवार्ड प्रा.डा.आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
युरोपमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वलाई नियमित रूपमा सम्मान गर्ने योजनाअनुसार सोसाइटीले यस वर्ष पहिलोपटक उक्त अवार्ड प्रा. डा. आचार्यलाई प्रदान गरेको हो ।
सन् १९८७ मा युक्रेनबाट एमडी उपाधि हासिल गरेका आचार्यले त्रिभुवन विश्वविद्यालयसहित बेलायत, अमेरिका, स्विडेन, नर्वे र चीनका विश्वविद्यालयहरूबाट चिकित्सासम्बन्धी उच्चस्तरीय अध्ययन र विविध डिग्रीसहितको विशेषज्ञता हासिल गरेका छन् ।
हाल उनी नर्वेको आर्कटिक विश्वविद्यालयमा प्राध्यापन र स्विडेनको कारोलिन्स्का टिचिङ अस्पतालमा सिनियर कन्सल्ट्यान्टका रूपमा कार्यरत छन् ।
सम्मेलनमा सम्मानित भएपछि आचार्यले भने, ‘यस सम्मानले मेरो मेहनत र समर्पणलाई थप प्रोत्साहन दिएको छ। यो सम्मान केवल व्यक्तिगत उपलब्धि नभई युरोपमा रहेका नेपाली चिकित्सकहरूको सामूहिक प्रगति हो ।’
अनलाइनखबरमा प्रकाशित समाचारको सहयोगमा
भारतमा अर्बौको ‘लेनदेन क्लब’ चलाइरहेका युवा
इंग्ल्याण्डमा नेपाली मूलकी पहिलो फूटबलर
युरोपकी पहिलो महिला ‘हेड शेफ’
युरोपमा सम्मानित नेपाली युवा वैज्ञानिक
बेलायतमा कफी च्याम्पियन नेपाली युवा