प्रोफाइल
कोलोराडोका दुई स्थानमा नेपाली भाषा पाठशाला शुरु
कोलोराडो : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको संयोजनामा यसवर्ष पनि कोलोराडोका दुई स्थानमा नेपाली भाषा पाठशाला शुरु भएको छ ।
२४ मे शनिबारदेखि शुरु भएको उक्त भाषा पाठशाला हरेक शनिबार कक्षा दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।
क्रसरोड कम्युनिटी सेन्टर नर्थग्लेनमा वेस्टमिनिस्टर स्कूल र स्मोकी हिल यूनाइटेड चर्चमा अरोरा स्कूल सञ्चालन हुने अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले जानकारी दिए । हाल नर्थग्लेनको पाठशालामा ३७ जना र अरोरामा २७ भर्ना भएका छन् ।
विगतामा झैं यो गर्मी बिदामा आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा पढ्न, लेख्न र बोल्न सिकाउनका लागि भाषा पाठशालामा भर्ना गराउन सम्पूर्ण कोलोराडोवासी नेपालीहरुलाई अनुरोध गरिएको छ ।
प्रकाशित मिति:
आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
प्रोफाइल
ग्लोबल नेपाली डायस्पोराकी गौरव
मंगलबार, वैशाख २९, २०८३
रुस-युक्रेन युद्धमा बिर्सनै नसकिने एउटा उद्धारकको कथा
बिहीबार, वैशाख २४, २०८३
स्वीट्जरल्याण्डमा एप्पल इन्जिनियर
आइतबार, वैशाख २०, २०८३
युरोपेलीलाई हराउँदै पोल्याण्डका सर्वोत्कृष्ट डाक्टर
शनिबार, कात्तिक २९, २०८२
भारतमा अर्बौको ‘लेनदेन क्लब’ चलाइरहेका युवा
शनिबार, कात्तिक २९, २०८२
इंग्ल्याण्डमा नेपाली मूलकी पहिलो फूटबलर
मंगलबार, कात्तिक २५, २०८२