प्रोफाइल
एनआरएनए अमेरिकाको सञ्चार संयोजकमा सुधीर
कोलोराडो : एनआरएनए अमेरिकाको सञ्चार समिति संयोजकमा पत्रकार सुधीर भण्डारी मनोनित भएका छन् । एनआरएनए अमेरिकाका प्रवक्ता सन्देश उप्रेतिले पत्रकार भण्डारीलाई सञ्चार संयोजकमा मनोनित गरिएको बताएका छन् ।
नेपालमा झण्डै १० वर्ष लामो मूलधारमा पत्रकारिता गरेका भण्डारी एक वर्ष अघि अमेरिका आइपुगेका थिए । इमेल टेलिभिजनबाट पत्रकारिता सुरु गरेर सेतोपाटी डटकम, शिलापत्र डटकम, क्यापिटल नेपाल र कर्पोरेट नेपाल डटकम लगायत अनलाइनहरुमा व्यापार तथा व्यवसाय बिटमा काम गरेका भण्डारी युवा र स्वतन्त्र पत्रकारितामा रुचि राख्छन् ।
नेपालको पत्रकारिताको अनुभव अब अमेरिकामा रहेका नेपालीहरुको हक, हित, सेवा र सञ्चारमा समर्पित गर्ने उनको भनाई छ । भण्डारी १०० नेपाली डायस्पोराका सम्पादकसमेत हुन् ।
प्रकाशित मिति:
मंगलबार, असोज ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
प्रोफाइल
ग्लोबल नेपाली डायस्पोराकी गौरव
मंगलबार, वैशाख २९, २०८३
रुस-युक्रेन युद्धमा बिर्सनै नसकिने एउटा उद्धारकको कथा
बिहीबार, वैशाख २४, २०८३
स्वीट्जरल्याण्डमा एप्पल इन्जिनियर
आइतबार, वैशाख २०, २०८३
युरोपेलीलाई हराउँदै पोल्याण्डका सर्वोत्कृष्ट डाक्टर
शनिबार, कात्तिक २९, २०८२
भारतमा अर्बौको ‘लेनदेन क्लब’ चलाइरहेका युवा
शनिबार, कात्तिक २९, २०८२
इंग्ल्याण्डमा नेपाली मूलकी पहिलो फूटबलर
मंगलबार, कात्तिक २५, २०८२